छुवाछुत अन्त्यकालागी सवै जुटन आवश्यक

समाजमा निकै जरो गाडेर रहेको जातीय बिभेद  सदियौदेखी भित्र भित्र गुम्सिएर रहेको छ ।  जातिय विभेद अन्त्यको लागि पहिला सामाजिक रुपमै यसको अन्त्यको आवस्यकता रहेको छ । घर परिवार र समाज जब सम्म सचेत हुदैनन र समाजमा सबैलाई सम्मान ब्यबहार गरिदैन  तब सम्म सामाजबाट जतीय बिभेद अन्त्य हुन सक्दैन ।
जातिय विभेद अन्त्यका लागी धेरै प्रयासहरु थालनी भएपनि यसको निराकण भने हुन सकेको छैन । दलित र गैर दलित बिच हुने बिभेद भन्दा पनि दलित दलित बिच हुने बिभेदले गर्दा यसलाई अन्त्य गर्न निकै समस्या देखीन थालेको छ । पछिल्ला दिनहरुमा विभिन्न जात जातका रुपमा मात्र नभई दलित दलित र गैर दलित भित्र समेत कायमै रहेको आएको छ यसलाई न्युनिकरण गर्नका सबैले आ –आफ्नो तर्फबाट आवश्यक पहल गर्नु पनेर्् देखीन्छ ।
यसको अन्त्यका लागी समाज बाट थालनी भएर जिल्लामा तहमा आउन सकको खण्डमा यो केही हद सम्म न्युनिकरण हुने देखीन्छ । पछिल्ला दिनहरुमा दलित अधिकारका क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले मात्र यसलाई चासो दिएको जस्तो देखिएको छ । जातीय बिभेद तथा छुवाछुत गर्नु अपराध हुने भएकाले यस्तो अपराध गर्ने जो सुकैलाई आवश्यक कार्बाही गरेको अबस्थामा  यसलाई न्युनिकरण गर्न सजिलो हुन सक्छ ।
नेपालको अन्तरिम संबिधानमा जातीय छुवाछुत तथा भेदभाव गर्नेलाई कार्बाहीका लागी ब्यबस्था गरेको छ ।
जातीय बिभेद अन्त्य गर्नका लागी दलित दलित र गैर दलित बिचको एकता जरुरी छ । बिभेद अन्तयका लागी पहिला आर्र्थिक सामाजीक राजनैतिक तथा अन्य       कुराले पनि यसलाई प्रभाव पार्ने भएकाले यस सम्बन्धी दलित अधिकारका क्षेत्रमा काम गर्ने संघ सस्था लगाएत सबैले चासो दिनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार